हेटौंडा । हेटौंडा बजारमा बुधबार बिहान खुकुरी हानाहान भएको छ ।
बुद्धचोकमा दुई युवाबीच भएको झगडाका खुकुरी प्रहारबाट हेटौंडा–१ चौकीटोलका २६ वर्षीय प्रशान्त नगरकोटी घाइते भएका छन् । गोडा चोट लागेका उनको अवस्था सामान्य रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
आखाँ तरेको भन्दै हेटौंडा–१० बसपार्क बस्ने २१ वर्षीय सौरभ लामा र उनका भाइले नगरकोटीमाथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुबीच पहिल्यै झगडा भएर यसअघि पनि मिलापत्र भएको रिमालले बताए ।
सौरभ लामालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई पनि चोट लागेका कारण प्रहरी निगरानीमा उपचार भइरहेको छ । सौरभका भाइ भने फरार रहेको प्रवक्ता रिमालले बताए ।