Logo
Logo

एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्नेमा सभामुखकाे जाेड


दृष्टि संवाददाता

2.1k
Shares

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उनले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् ।

‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुगेको विषय छ’ उनले भने ।

यदि राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने सभामुख सापकोटाकाे भनाइ छ ।

हाल अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता अनुमोदनका लागि संसदमा विचाराधीन छ । कांग्रेस र एमाले पारित हुनुपर्ने अडानमा छन् भने माओवादी संशाेधन गर्नुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्