Logo
Logo

श्याम कक्षपतिको अन्त्येष्टि


दृष्टि संवाददाता

6.7k
Shares

काठमाडाैं । प्रतिष्ठित पर्यटन व्यवसायी श्याम कक्षपतिको अन्त्येष्टि बैंककमा गरिएको छ । आज (बुधबार) नेपाली समयअनुसार ३ः३० बजे व्यवसायी कक्षपतिको अन्त्येष्टि गरिएको हो ।

उहाँको पार्थीव शरीरमा छोरी नयनतारा कक्षपतिले दागबत्ति दिनुभएको थियो । परिवारिक स्रोतका अनुसार दिवंगत कक्षपतिको १३ औं दिनको काजक्रिया सानेपास्थित उहाँको घरमा गरिने भएको छ ।

क्यान्सर रोगबाट पीडित कक्षपतिको ७० वर्षको उमेरमा बैंककस्थित बुमरुङगार्ड अस्पतालमा गत सोमबार निधन भएको थियो । उहाँका एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

पर्यटन क्षेत्रका विभिन्न संस्था र व्यावसायीहरूले उहाँप्रति हार्दिक श्रदाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्