Logo
Logo

सूचना र प्रविधिमा नागरिककाे पहुँच बढाउन संसदीय समितिकाे निर्देशन


दृष्टि संवाददाता

882
Shares

काठमाडाैं । संसदीय समितिले सूचना र प्रविधिको पहुँच विस्तारलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यप्रगति र आगामी कार्ययोजनाबारे जानकारी लिँदै सूचना र प्रविधिको पहुँच विस्तारलाई थप प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिएको हाे ।

बैठकले सबै स्थानीय तहका वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रहरूमा इन्टरनेट सेवा तत्काल पु¥याउन मन्त्रालयमार्फत सरकारलाई निर्देशन दिएकाे समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

उनले भर्चुअल बैठक सञ्चालन सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था गर्न र सम्पूर्ण सरकारी कार्यालयहरूलाई डिजिटाइज गर्ने प्रक्रिया तत्काल अघि बढाउन समेत मन्त्रालयलाई निर्देशन दिएकाे बताइन् ।

त्यस्तै मोबाइलबाट हुने अवैध कार्य रोक्ने प्रणाली व्यवस्थित गर्न पनि समितिले निर्देशन दिएको छ भने हुलाक सेवालाई प्रभावकारी बनाउन पनि निर्देशन दिएकाे छ ।

बैठकमा सञ्चार मन्त्रालयका निमित्त सचिव डिल्लीराम शर्माले सूचना र प्रविधिको क्षेत्रमा देखिएका समस्याहरूलाई सम्बोधन गर्न आवश्यक कानून संशोधन गरिएको र सदनमा पेश गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्