Logo
Logo

ओली प्रवृत्ति देश र लोकतन्त्रका लागि खतरा : बाबुराम


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमाले ओली प्रवृत्ति देश र लोकतन्त्रका लागि नै खतरा भएको बतएका छन् ।

बुधबार समाजिक संजालमार्फत भट्टराईले ओली प्रवृत्ति नेकपा एमाले पार्टीको आन्तिरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रका निम्ति खतरा भएको बताएका हुन् ।
सच्चिन्छ र सुध्रिन्छ भन्नु भ्रम रहेको उनको भनाइ छ ।

‘ओलीप्रवृत्ति एउटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रका निम्ति खतरा र साझा मुद्दा हो,’ उनको भनाइ छ, ‘यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो । यो सच्चिन्छ र सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बाँच्छ भन्नु उस्तै भ्रम हो । सबैको चेत खुलोस् ।’

प्रतिक्रिया दिनुहोस्