काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूसँग सङ्घको नवनिर्वाचित कार्यसमितिले शिष्टाचार भेट गरेको छ ।
सङ्घका अध्यक्ष लोकमान्य गोल्छाको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीका सदस्यले सम्बन्धित देशहरूबाट नेपाललाई कोरोनाविरुद्धको खोपलगायत आवश्यकताअनुसार स्वास्थ्य सामग्री उपलब्ध गराउन इच्छुक रहेको जानकारी गराएका थिए ।
हालसम्म उपलब्ध सहयोगप्रति राष्ट्रपति भण्डारीले धन्यवाद व्यक्त गरेकाे सङ्घले जनाएको छ ।