Logo
Logo

आईसीसी टी-ट्वान्टी वरीयतामा चार खेलाडी समावेश


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडाैं । आईसीसीको टी-ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी समावेश भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् ।

नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता यथावत  छ भने क्रिकेटबाट सन्यास लिएका पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछानेकाे वरीयतामा भने सुधार भएकाे हाे ।

पारस ९० औं स्थानमा उक्लिएका छन् भने कप्तान मल्ल ९४ औं स्थानमा उक्लिएका छन् ।   बलिङ वरीयतामा लामिछाने ७७ औं स्थानमा छन् ।

नेपालको टी-ट्वान्टी र एकदिवसीय वरीयता भने यथावत छ । टी-ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा छ ।  

प्रतिक्रिया दिनुहोस्