Logo
Logo

फैसलालाई लिएर अदालतलाई दाेष नदिन प्रधानन्यायाधीशकाे आग्रह


दृष्टि संवाददाता

2k
Shares

ललितपुर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कुनै पनि फैसलालाई लिएर न्यायपालिकामाथि दाेष दिन नहुने बताएका छन् ।

नेपाल कानुन व्यवसायी परिषदले बुधबार ललितपुरमा गरेको कार्यक्रममा उनले अदालतले जहिले पनि समाजलाई हेरेर फैसला गर्ने भन्दै त्यसमा दोष लगाउने काम गर्न नहुने बताएका हुन् ।

प्रधानन्यायाधीश जबराले आफूले कहिल्यै पनि दबाब र प्रभावमा परेर फैसला नगरेको पनि बताए ।

‘न्यायपालिकाले गर्ने सबै फैसलाहरु समाज र नागरिकसँग अभिप्रेरित हुन्छ । र समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ । न्यायपालिकालाई निरन्तर अघि बढिरहन दिनुपर्दछ । अथवा न्यायपालिकालाई दोष पनि दिनु हुन्न । र महत्व पनि दिनुहुन्न’ उनले भने ।

कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षाका निम्ति सर्वोच्च अदालतले पछिल्लो समयमा खेलेको भूमिका विश्वकै लागि उदाहरणीय भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्