बुटवल । माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार साँझ प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बुधबार प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न बिहीबार ३ बजेसम्मका लागि समय दिएका थिए । उक्त अवधिमा केसीले मात्रै मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका थिए ।
केसीलाई माओवादी केन्द्रसहित, नेपाली काग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । उनको पक्षमा प्रदेश सभाका ८० मध्ये ४२ जनाले समर्थन जनाएका छन् ।