Logo
Logo

कुमारी बैंकको नाफा २ अर्बभन्दा बढी


378
Shares

काठमाडाैं । कुमारी बैंकले एक वर्षमा २ अर्ब बढी नाफा कमाएको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण अनुसार बैंकले गत असार मसान्तसम्म २ अर्ब ११ लाख रुपैयाँ नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशत बढी हो ।

बैंकको खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढेकाे हाे । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, खुद ब्याज आम्दानी ४६.५६ प्रतिशत, सञ्चालन नाफा ६९.१६ प्रतिशत बढेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षमा १०.८५ प्रतिशत बोनस सेयर वितरण चुक्ता पुँजी बढाएको यस बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ५.१७ रुपैयाँ बढेर १४.४२ रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६.८९ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष ७.८३ प्रतिशत बढेको छ भने निक्षेप २७.५८ प्रतिशत र कर्जा २४.६४ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्