Logo
Logo

कांग्रेस महाधिवेशनका लागि उम्मेदवारकाे शुल्क ताेकियाे


3.2k
Shares

काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क तोकिएको छ ।

केन्द्रीय कार्य समितिको बैठकमा पेश भएको प्रस्तावित शुल्कमा न्युनतम वाडा सदस्यका लागि १ सय रुपैयाँदेखि अधिकतम केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँसम्म तोकिएको छ ।

यसअघि सभापतिको उम्मेदवारी दर्ता शुल्क २० हजार रुपैयाँ रहेको थियो । यसैगरी प्रतिवेदनमा उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २० हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी दर्ता शुल्क प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्