Logo
Logo

कैलालीमा ट्रक दुर्घटनाः चालकको मृत्यु, सहचालक घाइते


315
Shares

काठमाडौं । कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहीबार साँझतिर धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक गोदावरीमा दुर्घटना हुँदा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा हुन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको उपचारका क्रममा बिहीबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाएको छ ।

दुर्घटनामा परेर बैतडीकै सुर्नया गाउँपालिका–५ का पंकज मडै सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्