Logo
Logo

आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी


441
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति शुक्रबार ४ बजे सार्वजनिक गर्ने तयारी गरेको हो ।

गत आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो । तर, चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि मौद्रिक नीति ढिलो सार्वजनिक हुन लागेको हो ।

मौद्रिक नीतिका विषयमा छलफल गर्न शक्रुबार बिहान राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार सञ्चालक समितिले पारित गरेपश्चात आजै मौद्रिक नीति सार्वजनिक हुनेछ ।

कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकारले लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्