Logo
Logo

तालिवानसँग अफगानिस्तान सरकारले राख्यो सत्ता साझेदारीको प्रस्ताव


2.1k
Shares

काठमाडौं । अफ्गानिस्तानमा सरकारी वार्ता टोलीले तालिवानसँग सत्ता साझेदारीको प्रस्ताव राखेको छ । अन्तराष्ट्रिय समाचार संस्था एएफपीले स्रोतलाई उद्धृत गर्दै आक्रमण अन्त्य गरी शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको जनाएको छ ।

कतारमा रहेका सरकारी वार्ता टोलीका एक सदस्यले सत्ता सझोदारीको प्रस्तावबारे खुलासा गरेको जनाइएको छ । तालिवान विद्रोहीले भने स्थायी शान्ति स्थापनाको लागि अस्रफ घानी सत्ताबाट बाहिरिनुपर्ने बताउँदै आएको छ ।

यस्तै तालिवान विद्रोहीले मुख्य शहरहरु हेरात र घाज्नीमा कब्जा जमाएका छन् । रणनीति एवं सामरिक रुपले निकै महत्वपूर्ण मानिएका यी दुई शहर विद्रोहीको नियन्त्रणमा गएपछि राजधानी काबुल पनि विद्रोहीले कब्जामा लिने त्रास बढेको छ ।

हिजो यी दुई शहरसँगै दुर्गम प्रान्तका अन्य केही शहरमा पनि विद्रोहीको पकड बढेको छ । अफ्गानिस्तानको दोस्रो ठूलो शहर कान्दाहारमा भिषण संघर्ष जारी छ ।

यो पनि

प्रतिक्रिया दिनुहोस्