Logo
Logo

जुवाको पैसा लुकाउने पाँच प्रहरी निलम्बित


508.8k
Shares


धनगढी । जुवाडे भगाएर जुवाको पैसा लुकाएको आरोपमा पाँच प्रहरी निलम्बनमा परेका छन् । धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित एएफसी होटल छापा हान्ने क्रममा जुवाडे भगाएर जुवाको पैसा लुकाइएको थियो ।


प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानबिनका लागि गठित टोलीको सिफारिसका आधारमा पाँच प्रहरी बिहीबार निलम्बित भएका हुन् । निलम्बित हुनेमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार नैनाचन्द्र धामी, प्रहरी जवान एकेन्द्र खड्का र प्रेमसिंह धामी रहेका छन । त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद जैसी र रामसिंह कुवँर प्रदेश प्रहरी कार्यालयको सिफारिसमा निलम्बनमा परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्दले बताए ।

प्रवक्ता चन्दले जुवा प्रकरणमा जोडिएका पाँच जना प्रहरीलाई निलम्बन गरेर अनुसन्धान प्रकृया अघि बढाइएको बताउँदै कसुर देखिए सोही अनुसार कारबाही हुने बताए । गत साउन १८ गते जुवा भैरहेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरीले मोटो रकम असुलेर जुवाडे भगाएको आरोप प्रहरीलाई लाग्दै आएको थियो । आरोप लागेपछि प्रहरीले सीसी क्यामेराको सहयोगले होटल संचालकसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रारम्भिक छानबिनमा पैसा लुकाएको देखिएपछि उनीहरु निलम्बनमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्