Logo
Logo

नेप्सेद्वारा सूचीकृत कम्पनीहरुको वर्गिकरण: समूह ए मा २० वाणिज्य बैंकसहित २८ ओटा कम्पनी


0
Shares

काठमाडौं । काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको छ ।

नेप्सेले समूह ए, समूह बी, समूह जी र समूह जेड मा सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको हो ।

नेप्सेको वर्गिकरणमा समूह ए भित्र २० ओटा वाणिज्य बैंकसहित २८ ओटा कम्पनी रहेका छन् । यो पटक समूह एमा २६ ओटा वाणिज्य बैंकहरुमध्ये छ ओटा बैंक पर्न सकेनन् ।

नेपाल बैंक समूह बीमा परेको छ भने सिभिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक समूह जेडमा परेका छन् । समूह ए मा २० ओटा वाणिज्य बैंकसहित कामना सेवा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, आईसीएफसी फाइनान्स र आरएमडिसी लघुवित्त रहेको छन् ।

त्यस्तै अपि पावर, बुटवल पावर, सानिमामाई हाइड्रो र युनाइटेड मोदी हाइड्रो पनि समूह ए भित्र परेका छन् ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्