Logo
Logo

जसपा महन्थ पक्षको काठमाडौंमा आज अगुवा कार्यकर्ता भेला


945
Shares

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका महन्थ ठाकुर पक्षले आज काठमाडौंमा अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ ।

निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि महन्थ पक्ष देशव्यापी कार्यकर्ता भेलामा जुटेको हो ।

ठाकुर पक्षले देशव्यापी रुपमा साउन २२ गतेदेखि अगुवा कार्यकर्ता भेला गरिरहेको छ । यसै अन्तर्गत ‘बागमती प्रदेशको अगुवा कार्यकर्ता भेला’ शनिबार बिहान साढे ११ बजे कालिकास्थानस्थित अमृत भोग पाटी प्यालेसमा आयोजना हुने भएको छ ।

भेलालाई महन्थ ठाकुर, राजेन्द्र महतो, शरद सिहं भण्डारी, अनिलकुमार झा, श्री लक्ष्मणलाल कर्ण र गणेश योञ्जन लगायत महत्वपूर्ण वक्ताहरुको उपस्थिति हुने ठाकुर पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्