Logo
Logo

माओवादीद्वारा राष्ट्रिय सम्मेलनको मिति तोक्ने तयारी


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु भएको छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई दिनसम्म चल्ने बैठकले पार्टीको राजनीतिक कार्यदिशा तय गर्दैछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सम्मेलनको मिति तोक्ने सम्भावना रहेको एक केन्द्रीय सदस्यले बताए ।

केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने भनिएपनि तत्काल पदाधिकारी नराख्ने पक्षमा अध्यक्ष प्रचण्ड रहेका छन् । राष्ट्रिय सम्मेलनबाट पदाधिकारी चयन गर्ने भन्दै सो एजेण्डा सारिएको बताइएको छ । केन्द्रीय समिति बैठकपछि माओवादी केन्द्रले पार्टीको सांगठानिक संरचनाबारे महत्पूर्ण निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्