Logo
Logo

अपमान सहेर एकता हुन्न : नेता नेपाल


3.2k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना लागि मैदान खाली रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपाले एमालेले जनविश्वास गुमाएकाले आफ्नो लागि बाटो खुला रहेको बताएका हुन्।

‘एमालेले जनविश्वास कायम राख्न सकेन’ उनले भने, ‘हामी अन्तिमसम्म पनि एमाले एकताको पक्षमा छौँ । तर, न रुन सकिने, न हाँस्न सकिने जस्तो अवस्था भएको छ ।’ उनले सहज बाटो रोज्न खोजेको बताउँदै थपे, ‘अपमान सहेर एकता हुन्न, त्यो बेला असहज बाटो लिनु बाध्यता हुन्छ ।’

अपमान सहदा एमालेमा वामदेव गौतम अपमानित हुनुपरेको बताउँदै नेता नेपालले घर न घाटको अवस्था आफ्नो लागि स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्