Logo
Logo

२ हजार ६२४ संक्रमित थपिए, २० जनाको मृत्यु


504
Shares

काठमाडौं । नेपालमा शनिबार दुई हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ५७३ नमुना परीक्षण गर्दा दुई हजार ६२४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट एक हजार ९४७ र एन्टिजेनबाट ६७७ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८ हजार ६६७ जनाको आरटी पीसीआर र ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ ।

त्यस्तै सोही अवधिमा एक हजार ३२० जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ।

प्रतिक्रिया दिनुहोस्