Logo
Logo

कास्की प्रहरीको अभियानः चर्काे आवाज निकाल्ने मोटरसाइकललाई चर्काे कारबाही


62.5k
Shares


पोखरा । दुई पाङ्ग्रे सवारी साधनहरूको स्वरूप परिवर्तन तथा ध्वनि प्रदूषण गरी तीव्रगतिमा लापरवाही तबरबाट चलाउने उपर कास्की प्रहरीले कारबाही थालेको छ ।

सवारी नियम उल्लघंन गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियानको रूपमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी ईकाईबाट खटिएको प्रहरीले शनिबार २६ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही थालेको हो । सात वटा बुलेट, ११ वटा क्रसफायर तथा अन्य ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
यस्ता मोटरसाइकलले चर्काे आवाज निकाल्ने र त्यसबाट सर्वसाधरण आजित हुँदै आएका थिए । कास्की प्रहरीको यो अभियानको सर्वसाधरणले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्