Logo
Logo

घरेलु मैदानमा मेस्सीलाई भव्य स्वागत


1.3k
Shares

काठमाडौं । लियोनल मेस्सीले घरेलु मैदानमा आफुलाई अद्भूत स्वागत मिलेको बताएका छन् ।

शनिबार ‘प्रास देस प्रिन्सेज’ मैदानमा स्ट्रार्सवर्गगको सामना गर्नुअघि पीएसजीले मेस्सीसहितका आफ्ना ५ नयाँ खेलाडीलाई समर्थकमाझ सार्वजनिक गरेको थियो ।

पीएसजीले यस सिजन सर्जियो रामोस, जर्जियनियो विज्नाल्डम, असरफ हामिकी र गियानलुईगी डोनारुम्मालाई पनि क्लबमा भित्र्याएको थियो ।

उनले पीएसजीमा केवल दुई दिनमात्रै प्रशिक्षण गरेका छ । पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले यहीकारण मेस्सीको खेल हेर्न केही समय कुर्नुपर्ने बताए ।

लिग वानमा स्ट्रार्सवर्गलाई पीएसजीले ४–२ ले हरायो । पीएसजीबाट माउरो इकार्डी, कालियन एमबाप्पे, जुलियन ड्राक्सलर र पाब्लो साराबियाले एक–एक गोल गरे । स्ट्रार्सवर्गबाट केभिन गामिरो र लुडोभिक अजोक्र्युले एक–एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्