Logo
Logo

अमेरिकामा ह्वात्तै बढे अस्पताल भर्ना हुने बालबालिका


1.1k
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमण भएर अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढेको छ ।

१२ वर्षमुनिका बालबालिकाका लागि खोप नभएको र निकै संक्रामक डेल्टा भेरियन्टको संक्रमणको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढेको बताइएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाभरि अहिले झन्डै २ हजार बालबालिका कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका छन् । अहिले अमेरिकामा कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनेहरूमध्ये बालबालिकाको संख्या २.४ प्रतिशत छ।

यसअघि बालबालिकामा कोरोनाभाइरसको कमै संक्रमण हुने र संक्रमण भए पनि जटिलता कम हुने विश्वास गरिन्थ्यो । बालबालिकासँगै संक्रमित भएर अस्पताल भर्ना हुने युवाहरूको संख्या पनि अमेरिकामा बढेको छ ।

अहिलेसम्म अमेरिका ५० प्रतिशत मानिसहरूले मात्र पूर्ण खोप लगाएका छन् भने ५९ प्रतिशतले एक डोज खोप लगाएका छन् । अमेरिकामा खोप सर्वसुलभ भए पनि मानिसहरू खोप लगाउन मान्दैनन् ।

प्रतिक्रिया दिनुहोस्