Logo
Logo

कांग्रेसका भातृ संस्थाको म्याद फेरि थपियो


567
Shares

काठमाडौं । नेपाली कांग्रेसले भातृ संस्थाको म्याद फेरि छ महिना थप्ने निर्णय गरेको छ ।

कांग्रेसले समयमा महाधिवेशन गर्न नसकेका विभिन्न भातृ संघसंस्थाको म्याद छ महिना थप्ने निर्णय गरेको हो ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय पार्टीले गरेको हो ।

यस्ता भातृ संस्थाको म्याद पार्टी विधानविपरीत ६÷६ महिना गरी तीन पटक थपिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्