Logo
Logo

नेता पौडेलले बोलाए आफू निकटको बैठक


378
Shares

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाएका छन् । १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको नेता पौडेलले त्यसबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो । नेता पौडेल निकटका नेताहरुको बैठक आज दिउँसो साढे २ बजे बोहोराटारमा बस्दैछ । बैठकमा महाधिवेशनको मिति तय भएपछि अब कसरी जाने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्