Logo
Logo

माओवादीकाे जिल्ला समितिहरू खारेज


7.9k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रले आफ्नो जिल्ला समितिहरू खारेज गरेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले जिल्ला समिति खारेज गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘अहिलेसम्मका जिल्ला समितिहरू खारेज गरिएको छ। अब जिल्ला समन्वय समितिहरू रहनेछन्,’ उनले भने।

महत्त्वपूर्ण निर्णयहरु लिँदै र निष्कर्ष निकाल्दै बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए। बैठकले प्रचण्डद्वारा प्रस्तुत प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।

प्रचण्डले राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका थिए। त्यस्तै, त्यस्तै विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्