Logo
Logo

भारतसँग वार्ता गर्न माओवादीकाे सरकारसँग माग


1.6k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रीय कमिटीको बैठकले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । काठमाडौंमा जारी माओवादीको बैठकमा प्रस्तुत समसामयिक प्रस्तावमार्फत माओवादीले सरकारको ध्यानाकर्षण गराएको हो ।

माओवादीको बैठकमा आइतबार नेता नारायणकाजी श्रेष्ठले प्रस्तुत गरेको विषयमा अफगानिस्तानमा रहेका नेपालीकाे उद्धारदेखि बेलायतमा गाेरखा सैिनकले गरिरहेकाे आमरण अनसनमा सरकारकाे ध्यानाकर्षण गराउने लगायतका विषय समेटिएका छन् ।

माओवादीका समसामयिक प्रस्ताव :

१. कोरोनाको तेस्रो लहरको खतरा देखिएको हुनाले त्यसको रोकथामको तयारी गर्न, जनतालाई खोपको प्रवन्ध गर्न र समग्र अर्थतन्त्रको पुनरुत्थानको लागि सरकारसँग गर्ने ।

२. सम्पूर्ण पार्टी पङ्क्तिलाई स्वास्थ्य मापदण्ड अपनाउँदै महामारीविरुद्ध जुध्न र देशका लागि योगदान गर्न आह्वान गर्ने ।

३. महाकाली नदीमा तुइन काटेर नेपाली युवाको मृत्यु भएको विषयमा भारतसँग वार्ता गर्न र क्षतिपूर्तिका दिन गर्न सरकारसँग माग गर्ने

४. बेलायतमा गोर्खा सैनिकले गरिरहेको आमरण अनसनमा ऐक्यबद्धता जनाउँदै बेलायत सरकारसँग वार्ताको पहल गर्न सरकारसँग माग गर्ने

५. बाढी, पहिरोबाट पीडितहरूको राहत उद्धार र पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गर्ने

६ अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गर्ने

 बैठकमा पेश भएको अध्यक्षको प्रतिवेदनमा खासगरी आजको राजनीतिक कार्यभार र पार्टीको सांगठनिक अवस्थाबारे निर्दिष्ट गरेका नेता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्