Logo
Logo

श्रमसेवा निर्यातबाट भित्रियो ९.६१ खर्ब


441
Shares

काठमाडौं । आफ्नो जनशक्ति अर्थात् श्रमसेवा निर्यात गरेबापत नेपालले गत आर्थिक बर्ष २०७७/७८ मा रू. ९ खर्ब ६१ अर्ब ५ करोड विप्रेषण कमाएको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा गएका नेपाली कामदाहरूले त्यस बराबरको रेमिट्यान्स (विप्रेषण) पठाएका हुन् ।

नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार गत आवमा विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७६र७७ रू। ८ खर्ब ७५ अर्ब ३ करोड विप्रेषण नेपाल भित्रिएको थियो । यस आवमा विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेको थियो ।

तर, गत आवमा भने विप्रेषण आप्रवाह बढेको छ । कोरोना महामारीका कारण अघिल्लो आवमा विप्रेषण आप्रवाहमा कमी आएको थियो । गत आवमा पनि कोरोना महामारी कायम रहे पनि विप्रेषण आप्रवाह बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

कोरोनाका कारण नेपालको वैदेशिक रोजगार व्यवसाय प्रभावित भएपछि अघिल्लो आवमा विप्रेषण आप्रवाह घटेको थियो । कोरोना नियन्त्रण गर्न श्रम गन्तव्य मुलुकमा लगाइएको बन्दाबन्दीका कारण नेपालीहरू कामदारहरूले रोजगारी गुमाएका थिए । साथै, नयाँ कामदारको माग पनि ≈वात्तै घटेको थियो । त्यसैले अघिल्लो आवमा विप्रेषण आप्रवाहमा कमी आएको थियो ।

तर, कोरोना विपद्कै बीच गत आवमा विप्रेषण आप्रवाहको वृद्धिदर करीब दोहोरो अंकको रहेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले कोरोना विपद्को प्रभाव कम हुँदै जाँदा विप्रेषण आप्रवाह बढेको बताए । साथै, हुन्डीजस्ता अनौपचारिक माध्यम आउने पैसा पनि औपचारिक माध्यमबाट आउँदा यस्तो भएको उनको भनाइ छ ।

‘पछिल्लो समय श्रम गन्तव्य मुलुकहरूमा रोजगारीको अवसर खुम्चिएन । कोरोना विरुद्धको खोप आएपछि रोजगारीको अवसर पनि खुल्दै गए,’ उनले भने, ‘यिनै कारण गत आवमा विप्रेषण आप्रवाह बढ्न गएको हो ।’, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्