Logo
Logo

पूर्वराष्ट्रपति ट्रम्पले मागे बाइडनको राजीनामा


3.6k
Shares

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा मागेका छन् ।

बाइडनले अफगानिस्तानको विषयलाई लिएर चौतर्फी आलोचना खेपिरहेका बेला ट्रम्पले राजीनामा मागेका हुन् ।

‘अफगानिस्तानमा गरेको अपमानका लागि उनले राजीनामा दिनुपर्छ ।’ बाइडनले यदि आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिका फिर्ता ‘निकै अलग र निकै सफलतापूर्वक’ ट्रम्पले भनेका छन् ।

यस्तै बाइडन प्रशासनले ट्रम्पलाई जवाफ फर्काउँदै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णय ट्रम्पकै पालामा भएको स्मरण गराएको छ । यद्यपि अमेरिकी सेना फिर्ताको स्पष्ट जानकारी भने बाइडनले सत्ता सम्हालेपछि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्