Logo
Logo

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्वार गर्न प्रचण्डको माग


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफगानिस्तानमा रहेका नेपालहरुको तत्काल उद्वार गर्न सरकारसँग माग गरेका छन् ।

अफनागनिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम प्रति आफु र माओवादी पार्टी गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रचण्डले यस्तो आग्रह गरेको हुन्

सामाजिक सञ्जालमार्फत प्रचण्डले अफगानिस्तानमा रहेका नेपालीहरुको सुरक्षा र ऊद्दारलाई मध्यनजर गर्दै प्रभावकारी कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै प्रचण्डले व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पुर्ण पहल र सहयोग हुने पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्