Logo
Logo

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस


882
Shares

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । संसद अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्