Logo
Logo

काबुल विमानस्थलमा गोली चल्यो, ५ जनाको मृत्यु


1.1k
Shares

एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । अमेरिकी सेनाको गोली लागेर कम्तिमा ५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

तालिबानले अफगानिस्तान कब्जा गरेपछि काबुल विमानस्थलमा चर्को भीड देखिएको हो । अमेरिकी सेनाले काबुल विमानस्थल नियन्त्रणमा लिएको जनाइएको छ ।

आइतबार तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँ कार्यरत विभिन्न देशमा नागरिक आ–आफ्नो देश धमाधम फर्कँदै छन् । त्यसैले काबुल विमानस्थलमा ठूलो भिड लागेको छ ।

देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो । वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति अशरफ घानी देश छाडेर विदेश भागेका थिए ।

अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन् । योसँगै अफगानिस्तानमा युद्ध सकिएको तालिवानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्