Logo
Logo

प्रदेशसभा अधिवेशन अन्त्यप्रति इन्द्र आङ्बोको आपत्ति


3.6k
Shares

माेरङ ।  नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सभा एकाएक अन्त्य गर्न गरिएको सिफारिसप्रति आपत्ति जनाएका छन् ।

सभामुखले मंगलबारका लागि प्रदेशसभाको बैठक बोलाएको अवस्थामा एकाएक सरकारले दलहरूसँगको कुनै जानकारी र छलफलबिनै अधिवेशन अन्त्य गर्नु भनेकै संसदसँग सरकार डराएको बलियो प्रमाण भएको भन्दै नेता आङ्बोले आपत्ति जनाएका हुन् ।

मुख्यमन्त्री राईले सदनको रोष्टमबाट उद्घोष गरेको प्रदेशको नामकरण प्रस्ताव र हठात् संसदको अधिवेशन अन्त्य गर्ने कार्य विरोधाभास रहेको भन्दै उनले प्रदेशको नामकरणमा मुख्यमन्त्री नै इमानदार हुन नसकेको बताए ।

‘मुख्यमन्त्रीले आफैले गरेको यस्ता महत्वपूर्ण विषयलाई कार्यान्वयन गर्नेभन्दा पनि सार्वजनिक खपतको बस्तु बनाउने गरेका धेरै उदाहरण छन्,’ आङ्बोले भने ।

उनले प्रदेशसभामा अहिले महत्त्वपूर्ण आठवटा विधेयक संशोधनका लागि पेस भएको अवस्थामा सरकारले एकाएक अधिवेशन नै अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नु लज्जास्पद भएको बताए ।

प्रदेश १ सरकारको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्