Logo
Logo

तीन करोड मास्क निःशुल्क बाडिने


1.1k
Shares

भक्तपुर । ‘मास्क लगाऔँ एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा ‘नेपाल मास्क कार्यक्रम’ सुरुवात गरिएको छ । सोमबार साउन ३२ गते भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरीबाट मास्क लगाऔँ अभियान सुरुवात गरिएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले एकैसाथ स्वयंसेवक र स्थानीयवासीलाई मास्क वितरण गर्दै अभियानको सुरुवात गरेका हुन् ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सबैसँग मास्क भए पनि कसैको मास्क हातमा, कसैको चिउँडोमा र कसैले खल्तीमा राखेर हिड्ने गरेकाले प्रभावकारी नभएको बताए । उनले मास्क कसरी लगाउने र कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भनेर घरघरमा गएर जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याए ।

कोभिडले विश्वलाई नै प्रभावित पारिरहँदा कोरोना भाइरस विरुद्धको भ्याक्सिन आउनुभन्दा अगाडि नै मास्क प्रभावकारी देखिएको चर्चा गरे । स्थानीय सरकारले कोरोना भाइरस सङक्रमण रोक्न उल्लेख्य भूमिका निर्वाह गरेको बताए ।

‘नेपालमा स्थानीय सरकार नभएको भए केन्द्रीय सरकारले कोरोना महामारीमा केही गर्न सक्दैनथ्यो, जनता भकाभक मर्थे, कोरोना सङ्क्रमण रोक्न र जनताको सुरक्षामा स्थानीय सरकारले धेरै काम गरेको छ, मध्यपुरथिमि नगरपालिका त नमूना नै सावित भयो, यहाँबाट हामीले पनि धेरै सिक्यौँ’, उनले भने ।

कोरोनाको तेस्रो लहरसँग जुध्न तयारीमा सबै स्थानीय तह रहनुपर्ने भन्दै उहाँले पाटन दरबार क्षेत्र र सार्वजनिक क्षेत्रमा ‘नो मास्क नो इन्ट्रि अभियान’ पनि चलाएको बताए ।

प्रतिक्रिया दिनुहोस्