Logo
Logo

दल विभाजनसम्बन्धी अध्यादेश ल्याइँदै, ओली समूह छलफलमा


15.3k
Shares

काठमाडौं । नेकपा (एमाले) फुटाउनका लागि सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारीमा जुटेपछि एमाले नेताहरुले आन्तरिक छलफल थालेका छन् ।

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । एमाले महासचिव ईश्वर पोखरेल सहितका नेताहरु ओली निवास बालकोट पुगेर आज साझ छलफल गरेका छन् ।

एमालेलाई फुटाउनका लागि सरकारले अध्यादेश ल्याउँन लागेपछि १० बुँदे प्रस्तावका आधारमा पार्टीलाई एकताबद्ध बनाउँनुपर्ने बिषयमा छलफल भएको बालकोट स्रोतको दावी छ । नेपाल पक्षले सम्मान अधिकार सहित संयुक्त हस्ताक्षर हुने गरी पार्टी एकता गर्नुपर्ने अडानमा रहेको छ । तर नेपाल पक्षको सो प्रस्ताव ओली पक्षले अस्वीकार गर्दै आएको छ ।

नेपाल पक्षलाई सहज हुने गरी अध्यादेश ल्याउँने तयारीमा सरकार रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै नेपाललाई भेटेर सहज हुने गरी अध्यादेश ल्याउँने प्रतिवबद्धता व्यक्त गरिसकेका छन् ।

नेपाल पक्षले नयाँ दल गठन गर्ने अन्तिम तयारीमा पुगेपछि उपाध्यक्ष डा.भीम रावल र महासचिव पोखरेल बीच हिजो छलफल भएको थियो । पोखरेल निवास धापासीमा छलफल गर्दै नेताहरुलाई पार्टीलाई फुटबाट जोगाउनुपर्ने निष्कर्षमा पुगेका थिए । उपाध्यक्ष रावलले यस बीचमा उपमहासचिव बिष्णु पौडेलसंग समेत छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्