Logo
Logo
एमाले विवाद

एक हुनै नसक्ने विन्दुमा एमाले

एमाले एक रहने परिस्थिति लगभग सकियो । दुवै समूह अब सकिन्न भन्ने पक्षमा पुगिसके । के साच्चिकै एमाले एक नरहने हो त ? यसै सन्दर्भमा दुवै समूहका तेस्रो पुस्ताका नेता रचना खड्का र शान्ता चौधरीसँग ‘एमाले एकताको विन्दु’ पेरिफेरीमा गरिएको कुराकानी प्रस्तुत छ ।


सन्ताेष साह

17.9k
Shares

काठमाडौं । नेकपा एमाले पार्टी जीवनकै ठूलो संकटमा छ । राजनीतिक दलमा आन्तरिक मतभेदहरू समान्य मानिन्छन् । तर, मतभेदहरूले हद पार गर्दै विभाजनको संघारमा पुग्नु असामान्य अवस्था हो । आज एमाले सोही अवस्थामा छ । केही दिनमा आन्तरिक मतभेद साम्य नभए एकढिक्का एमाले सम्भव छैन ।

लामो समय सत्ता र शक्ति बाहिर रहेका केपी शर्मा ओली अध्यक्ष हुँदै प्रधानमन्त्रीका रूपमा एमालेमा उदाएपछि सुरु भएको मतभेदले अन्तत विभाजनको बाटो समात्यो । शक्तिमा आएपछि ओलीमा पलाएको आडम्बर यसको कारक मानिन्छ । वर्तमान संकटमा वरिष्ठ नेता माधवकुमार नेपाल पनि केही मात्रामा कारक त पक्कै हुन् । तर, ओली जत्तिकै नेपाल जिम्मेवार होइनन् ।

दुई ठूला कम्युनिष्ट पार्टीलाई एक बनाएर इतिहासकै ठूलो कम्युनिष्ट पार्टी बनाउने श्रेय अध्यक्ष ओलीलाई नै थियो । तर, ऐतिहासिक ठूलो पार्टी विघटन गर्ने काम पनि ओलीबाट नै भयो । ओलीकै नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार गठन भयो । त्यसमा सिङ्गो एमाले र माओवादीको योगदान थियो । तर, त्यो ऐतिहासिक सरकारलाई धुलिसात बनाउने काम पनि ओलीबाटै भयो । बाँकी रहेको एमालेलाई समेत विभाजनको संघारमा पुर्याउने काम ओलीबाटै भएको छ । ओलीप्रति यी निराधार आरोप होइनन् । उनका हरेक गतिविधिले नै यी कुरा पुष्टि गर्छन् ।

ओलीको चाहनामा न्यायालयले नेकपा खारेज गरेपछि एमाले पूर्ववत अवस्थामा फर्कदा मुल नेतृत्वको हैसियतमा ओलीले पार्टी सम्हाल्नुपर्ने थियो । तर, ओलीबाट गरिएको त्यो अपेक्षा पूरा भएन । मतभेदहरूलाई प्रतिशोधका रुपमा बुझ्नु ओलीको गल्ती थियो । माधवलाई सिध्याउन एकपछि अर्को गर्दै निर्णयहरू गर्नु गल्ती थियो । यसै कारण एमाले अहिलेको संकटमा पुगेको हो ।

माधवहरूले यो अवधिमा मतभेदलाई साम्य पार्दै पार्टीलाई एकतावद्ध गरी नयाँ यात्रा तय गर्न पहल नगरेका होइनन् । त्यसका लागि २ जेठ २०७५ फर्कनुपर्छ भनिरहे । तर, त्यसका लागि ओली कहिले तयार भएनन् । पार्टीमा मतभेद बढ्दै गयो । अन्ततः ओली सत्ताबाटै बाहिरिए ।

यस बिचमा एमाले एकताका लागि पहल नभएका होइनन् । दोस्रो तहका नेताले एकताका लागि १० बुँदे प्रस्ताव पनि तयार पारेका हुन् । तर, १० बुँदेले एमालेलाई एक बनाउन सकेन । १० बुँदेमा छलफल चलिरहेकै बेला ओलीबाट भएका ‘विष वमन’हरू एकताका लागि हानिकारक भए । त्यसपछि ओली समूहले विधान संशोधनका लागि अधिवेशनको मिति तोक्यो । विधान अधिवेशनका सबै प्रक्रिया प्रारम्भ भएको छ । यसले एकताको माहोल झनै बिगारेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमले एमाले विभाजन उन्मुख देखिन्छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन तयारी गरेको छ । उक्त अध्यादेश एमाले विभाजन प्रयोजनका लागि रहेको बुझ्न सकिन्छ । माधवहरू पनि अब एक हुन सकिन्न भन्ने पक्षमा पुगिसकेका छन् । एमालेको दुवै समूह एक हुन नसक्ने भनिरहेका छन् ।

सबै सहतका नेता एकता असम्भव भन्ने पक्षमा पुगेका छन् । ओली समूहका तेस्रो तहका नेता तथा केन्द्रीय सदस्य शान्ता चौधरी र माधव समूहका केन्द्रीय सदस्य तथा तेस्रो तहका नेता रचना खड्कासँग गरिएको कुराकानी र उनीहरुले राखेको धारणाले पनि एमाले एक हुन सक्दैन भन्ने सन्देश दिन्छ ।

प्रतिक्रिया दिनुहोस्