Logo
Logo

एमालेको स्थायी कमिटी बैठक बस्दै


945
Shares

काठमाडौैं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दै छ । आज मंगलबार बिहान ११ बजे बैठक बोलाइएको हो ।

सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा एमालेभित्र तरंग पैदा भएको छ । सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् ।

एकता गर्न प्रयासरत एमालेको आजका दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । नेपाल पक्ष सहभागी हुने या नहुने भन्नेबारे केही खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्