Logo
Logo

आजदेखि लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन सुरु हुँदै


315
Shares

बुटवल । आजदेखि लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन शुरु हुँदैछ ।

शंकर पोखरेल नेतृत्वको सरकारको वहिर्गमनपछि साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बनेका प्रदेश प्रमुखले नियमित अधिवेशन आह्वान गरेका हुन् ।

दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने वैठकमा मुख्यमन्त्री केसीले सम्बोधन गर्ने कार्यसूचि छ । यस्तै उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूचि छ ।

यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश हुने कार्यसूचि छ ।

प्रतिक्रिया दिनुहोस्