Logo
Logo

भारतमा एकैदिन ८८ लाखले कोरोना भ्याक्सिन लगाए


378
Shares


काठमाडौं । छिमेकी देश भारतमा कोभिड–१९ विरुद्धको भ्याक्सिन अभियानले तिव्रता पाएको छ । सोमबार भारतमा एकैदिन ८८ लाख जनाले भ्याक्सिन लगाएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


यो एक दिनको नयाँ रेकर्ड हो । भारतमा हालसम्म ५५ करोड ८७ लाख डोज भ्याक्सिन लगाइसकिएको छ । तर पूरा डोज लगाउनेको संख्या भने बल्ल १० प्रतिशत पुगेको छ । करिब ३१ प्रतिशतले कम्तीमा पहिलो डोज लगाएका छन् ।
भारतमा संक्रमण पनि घटीरहेको छ । सोमबार २५ हजार एक सय ६६ जनामा संक्रमण भएको छ । जसमध्ये १२ हजार केरलामा संक्रमण भएको हो । २४ घन्टामा चार सय ३७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्