Logo
Logo

एसपीभन्दा लेखापाल शक्तिशाली ?


8.2k
Shares

काठमाडौं । नेपाल प्रहरीमा नयाँ आर्थिक वर्षको सुरुवातसँगै लेखापालहरुको सरुवा हुन्छ । दुई वर्ष अवधि पुगेका सबै लेखापालको सरुवा गर्ने मापदण्ड छ । तर, यो वर्ष भदौ लाग्दा समेत लेखापालको सरुवा हुन सकेको छैन । सरुवामा भएको अत्याधिक चलखेलका कारण प्रहरी महानिरीक्षकले सरुवाको निर्णय गर्न सकेको छैनन् ।

गत वर्ष पनि यस्तै चलखेल भएपछि तत्कालिन प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले विवादबाट मुक्त हुन सरुवा नै गरेनन् । शैलेश थापा क्षेत्री आएपछि सरुवा भएको थियो । गत वर्ष सरुवा दुई साता रोकिएकोमा यो वर्ष डेढ महिना भइसकेको छ । खासगरी गृहमन्त्री निकट व्यक्तिहरुबाट आएको दबाबका कारण सरुवाको निर्णय हुन नसकेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

यसपटक करिब एक सय कार्यालयमा लेखापालको सरुवा हुँदैछ । जसमध्ये चार वटा इन्सपेक्टरका पद छन् । सबै लेखापाल नेताहरु भेट्ने धेरै कमाइ हुने कार्यालयमा सरुवा लागि लागेपछि सरुवाको निर्णय हुन नसकेको हो । यसले प्रहरीको लेखा शाखामा कुन हदको अनियमितता छ भन्ने प्रष्ट भएको छ । ‘बरु एसपीको सरुवा सहजै हुन्छ, लेखापालको सरुवामा त्यो भन्दा धेरै पावर चल्न थाल्यो,’ एक उच्च प्रहरी अधिकारी भन्छन्,‘हरेक वर्ष लेखापाल सरुवामा यस्तै चलखेल हुन्छ ।’ खासगरी बदनाम लेखापालहरु गृहमन्त्रीका आसोपासेलाई भेटेर प्रभावमा पार्न थालेपछि प्रहरी महानिरीक्षक नै निरीह हुने अवस्था आएको हो ।

अर्काेतर्फ लेखापालको ६ वर्षे सेवाहद हटाउने प्रयास असफल भएपछि केहीले १÷१ वर्षमा सरुवा गर्ने प्रावधान लागू गराउन खोजेका थिए । त्यो पनि असफल भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्