Logo
Logo

माधव समूहको भेलामा ओली समूहका चार सांसद


38.4k
Shares

काठमाडौं । सिंहदरबारमा जारी माधवकुमार नेपाल समूहको भेलामा केपी शर्मा ओली पक्षका चार सांसद पुगेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल बैठकबाट बाहिरिएलतत्तै ओली समूहका चार नेता सिंहदरबार पुगेका हुन् । सिंहदरबारमा नेपाल पक्षका तेस्रो तहका नेताहरुको भेला जारी छ ।

माधव समूहका भेलामा ओली समूहका सांसद्हरु कृष्ण दाहाल, सूर्य पाठक, गणेश पहाडी र नवराज सिलवाल पुगेका हुन् । उनीहरुले नेपाल समूहका दिपक प्रकाश भट्ट, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवार पवित्रा निरौला, झपट रावल लगायतसँग छलफल गरेका छन् ।

पहाडीले आफूहरु मध्यस्थता गर्न आएको बताएका छन् । उनले भने, ‘हामी मध्यस्थता गर्न आएका हौ अरु केही होइन ।’
पहाडी भने केही अघिसम्म नेपाल पक्षमै थिए । उनी गत असारमा मात्रै ओली पक्षतिर लागेका हुन् ।

मालेमा बढेको विवादपछि पार्टी विभाजनतर्फ उन्मुख भएको छ । आजै सरकरले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्