Logo
Logo

माधव नेपालसहित १४ सांसद पदमुक्त गर्न एमालेको पत्र


5.9k
Shares

काठमाडाैं ।  नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही गरेकाे हाे ।

एमालेले माधव नेपालसहित १४ जना सांसदहरुको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र पठाएको छ । उनीहरुले पार्टीको निर्देशन र अनुशासन उल्लंघन गरेको भन्दै सांसद पदबाट हटाउन भन्दै सचिवालयलाई पत्राचार गरेको हो ।

कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी छन् । उनीहरुलाई कारबाही गरेकाले पदमुक्त गर्न भन्दै एमालेले संसद सचिवालयमा पत्र पनि पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्