Logo
Logo

अध्यादेश ल्याउनु संविधानमाथि जालसाजी : भीमार्जुन आचार्य


2.3k
Shares

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले संसद छलेर अध्यादेश ल्याउनु संविधानमाथि कै जालसाजी भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेपछि आचार्यले ट्वीट गर्दै ओली सरकारले गरेको कामको विरोध गर्ने अहिलेको सरकार पनि त्यही गतिमा अघि बढ्नु भनेको संविधानमाथि जालसाजी भएको बताएका हुन् ।

ट्वीटरमा उनले लेखेका छन्, ’हिजो त्यही काम ओली सरकारले गर्दा गलत आज देउवा सरकारले गर्दा ठीक भन्ने हुँदैन। असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन। अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथि कै जालसाजी काम हो।’

प्रतिक्रिया दिनुहोस्