Logo
Logo

सर्वोच्च अदालतमा ‘न्यायिक सङ्ग्रहालय’


0
Shares

काठमाडौं । नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी गराउन सकिने उद्देश्यले सर्वोच्च अदालतमा न्यायिक सङ्ग्रहालयको निर्माण गरिएको छ ।

नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी निर्माण गरिएको सङ्ग्रहालयको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उद्घाटन गरेका हुन् । उनले सङ्ग्रहालयमार्फत न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्ने सहयोग मिल्ने बताए ।

प्रधानन्यायाधीश राणाले न्यायपालिकाका ऐतिहासिक वस्तु सङ्कलन गरेर सङ्ग्रहालयलाई अझै बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। न्यायिक सङ्ग्रहालय स्थापनामा संयोजकको रुपमा काम गर्नुभएकी न्यायाधीश सपना प्रधान मल्लले राज्यका निकायले ऐतिहासिक पुरातात्विक विषय सङ्ग्रहित गरेर राख्नुपर्ने बताए।

न्याय सम्पादनका क्रममा विभिन्न समयमा भएका महत्वपूर्ण फैसला, न्यायायाधीश तथा न्यायपालिकाले प्रयोग गरेका पुराना सामग्री, न्याय र कानूनी क्षेत्रका पुरातात्विक सामग्री सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको छ । सङ्ग्रहालयमा करिब ३ सय ५० सामग्री तयार पारिएको छ । प्रदर्शनी कक्षको अभावमा तत्काल १५ प्रकृतिका फरक सामग्री राखिएको छ ।

कार्यक्रममा सङ्ग्रहालय स्थापनामा सहयोग पु¥याउने पदाधिकारी तथा कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्