Logo
Logo

मास्क नलगाए एक सय जरिवाना


नन्दा थापा

819
Shares

बाजुरा । कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बाजुराले आज (मंगलबार)देखि कडाइ गरेको छ ।

निषेधाज्ञा नगरेपनि पूर्व सावधानीका लागि कडाइ गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । अधिकारीका अनुसार साँझ ७ बजेपछि सवारी साधान जिल्ला प्रवेशमा रोक लगाइएको छ । त्यस्तै मास्क नलगाउनेलाई एक सय जरिवान गरिने छ ।

अधिकारीका अनुसार बाजुरा प्रवेश गर्ने चारवटै नाकामा पुनः हेल्थ डेस्क स्थापना गरिएकाे छ । चेकजाँच गरेर मात्र जिल्ला प्रवेश गर्न पाउने छन् । इकडी गाड, कोल्टी विमानस्थल, जुड्डी र धुलाचौर नाकामा पुनः हेल्थ डेस्क सञ्चाल गरेको प्रजिअ अधिकारीले बताए ।

सार्वजनिक सवारीमा सबैले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्न पाइने छैन । यात्रुले पनि स्वास्थ्य सुरक्ष मापदण्ड अपनाउनुपर्ने छ ।

जिल्लामा कुनै पनि सभा, सम्मेलन, प्रतियोगिता, पूजापाठ, मेला, उत्सव आयोजना गर्न पाइने छैन । राति आठ बजेसम्म मात्रै होटेल तथा रेस्टुरेन्ट सञ्चालन गर्न पाइने छ । उक्त निर्णय विपरित कार्यहरु गरिएको पाइएमा संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गरिने जिल्ला संकट व्यवस्थापन केन्द्रल जनाएको छ ।

जिल्लामा कोभिड– १९ को तेस्रो लहर डेल्टा भेरिएन्टको उच्च जोखिम रहेको भन्दै सबैलाई सचेत रहन जिप्रका बाजुराले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्