Logo
Logo

भारतीयले तुइनको लट्ठा खुस्काएको छानविन समितिको निष्कर्ष


3.2k
Shares

काठमाडौं । दार्चुलाको तुइन घटना छानबिनका लागि गठित सरकारी समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ ।

आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार करिब दुई साताको छानबिनपछि सरकारी समितिले यस्तो निष्कर्ष निकालेको हो । समिति अहिले प्रतिवेदन लेखनमा जुटेको समाचारमा उल्लेख छ ।

समितिको निष्कर्षअनुसार मालघाट–गस्कु जोड्ने तुइन तरेर धामी पारि जान लाग्दा गत साउन १५ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले लट्ठा खुस्काइदिएको थियो । तुइनबाट खसेर बेपत्ता भएका धामी अझै भेटिएका छैनन् । सुरुको १० दिन र त्यसपछि थप गरिएको ७ दिनमा संकलित तथ्य र प्रमाणले ‘घटनामा भारतीय पक्षको संलग्नता देखिएको’ समाचारमा उल्लेख छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको छानबिन समितिले घटनाको स्थलगत निरीक्षण, अवलोकन, अनुसन्धान र प्रत्यक्षदर्शीसँगको सोधपुछ एवं बयानका आधारमा भारतीय पक्षले तुइनको लट्ठा खुस्काएकै कारण नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्