Logo
Logo

आजै दल दर्ता गर्ने माधव समूहको तयारी


6.5k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सम्भव भए आजै नयाँ राजनीतिक दल दर्ता गर्ने गरी तयारीमा जुटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरे आजै नयाँ दल दर्ता हुनेछ ।

नयाँ दल दर्ताका लागि आवश्यक तयारी गर्न माधव समूह निर्णायक छलफलमा जुटेको छ । बिहान माधव समूहका स्थायी कमिटी सदस्यहरुबीच छलफल भएको छ । छलफलमा सहभागी स्थायी कमिटी सदस्यहरु अब नयाँ दल दर्ता बाहेक विकल्प नरहेकाले सम्भव भए आजै दल दर्ता गर्ने विषयमा एकमत थिए । नयाँ दल दर्ताका लागि निर्णय गर्न दिउँसो केन्द्रीय कमिटी र सांसदहरुको बैठक तय भएको बताइएको छ ।

माधव समूहले पार्टीको नाम र चुनाव चिन्हबारे पनि आधारभूत रुपमा छलफल गरिसकेको छ । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र कोस्टमा केही थप्ने निचोडसहित केही नाम छलफलका लागि अघि सारिएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नयाँ पार्टीको प्रस्तावित नाम हुन् । ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तक लगायत प्रस्तावित चुनाव चिन्ह हुन् ।

माधव समूह दल दर्ताका लागि अन्तिम तयारीमा रहेता पनि राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भइसकेको छैन । राष्ट्रपतिले पहिलो चरणमा छलफल गर्ने र आवश्यक निर्णय लिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्