काठमाडौं । दोस्रो पटक प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएका २९ वटा रिट निवेदनमाथि आज सर्वोच्च अदालतले सुनुवाइ गर्दैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा २९ वटा रिट निवेदन एकसाथ पेशी चढेको हो ।
तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिस बदरदेखि राष्ट्रपतिको निर्णय बदरसम्मको रिटमा माग गरिएको छ । केही रिट निवेदनमा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरिनुपर्ने मागसमेत रहेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले सबै निवेदनको एकसाथ सुनुवाइ गर्दा भद्रगोल हुने भन्दै शेरबहादुर देउवाले दिएको निवेदन प्रत्यक्ष सरोकारसँग जोडिएकाले सुरुमै सुनुवाइ गर्न आदेश गरेको थियो ।