Logo
Logo

अध्यादेश जारी भएलगत्तै माधव समूह छलफलमा


1.7k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तिरक जुटेको छ । अहिले बानेश्वरस्थित अर्याल होटलमा नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यहरू भेला भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेलगत्तै माधव समूह आन्तिरक छलफलमा जुटेका हुन् । अहिले नयाँ दल दर्ताको लागि सांसद र केन्द्रीय सदस्यहरूकाे हस्तक्षार संकलन गर्ने काम भइरहेकाे छ ।

नेपाल समूहले आजै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । दलको विधान र पार्टी संरचना तयार भइसकेको बताइएको छ । पार्टीको नाम र चुनाव चिह्न समेत टुंगो लागिसकेको बताइएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्य भए नयाँ दल गठन गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्