Logo
Logo

प्रतिनिधिसभा विघटनविरुद्धका २९ वटा रिट खारेज


4.4k
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका २९ वटा रिट खारेज गरेको छ । बुधबार संवैधानिक इजलासले रिट खारेज गर्ने फैसला गरेको हो ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सो फैसला गरेको हो । गत जेठ ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले रिट हालेका थिए । विघटन मुद्दामा कानुन व्यवसायीहरुले पिआइएल (सार्वजनिक सरोकारको विषय) प्रयोग गरेर सर्वोच्चमा २९ वटा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्